काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बालकुमारी घटनामा प्रहरीले बल प्रयोग गर्नु दुःखद् भएको बताएका छन्। कोरियाली भाषा परीक्षामा आवेदनसम्बन्धी विषयमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी माथि बल प्रयोगको विधि अवलम्बन गरिनु गलत रहेको बताएका हुन्।
महासचिव पोखरेलले आन्दोलनकारी राज्य पक्ष दुवैलाई संयमित हुन आग्रह गरे। राज्यले पनि बल प्रयोगमा जानु भएन। आन्दोलनकारीहरूले पनि आफ्ना माग राख्दा शान्तिपूर्ण तरिका अपनाउनुपर्छ। संयमित हुनुपर्छ,’ उनले भने।
बिहीबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएकाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरमा जलाएका थिए।
आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्दा दुईजना युवाको निधन भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल
मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो: महासचिव पोखरेल
राजनीतिक अस्थिरता चुनौती बनेको छ तर, सधैँ यस्तै रहन्छ भन्ने होइन : पोखरेल
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : शङ्कर पोखरेल