काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राखेर पार्टी विधान निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्न सकिए मात्रै पार्टी सबल र सुदृढ बनाउन सकिने बताएका छन् ।
बुधवारबाट सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टी बनाउँदा समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राख्नुपर्ने बताएका हुन् ।
‘वर्ग पहिचान मुख्य कुरा हो । पार्टी काम कहाँ केन्द्रित गर्ने भन्नेमा ध्यान दिनुपर्छ । खास वर्गमा केन्द्रित गर्न सकेनौँ भने पार्टी बन्दैन । जसलाई क्रान्तिको आवश्यक छ त्यो ठाउँमा गयौ भने मात्र पार्टी बन्छ । जसलाई आवश्यक छैन उसलाई जति कन्याउनुस् पार्टी बन्दैन’, खनालले भने, ‘यो हिसाबले विधान बनाउँदा सोच्नुपर्छ ।
उनले त्यस क्रममा पार्टीभित्रको जनवाद कसरी व्यवस्थित गर्ने भन्ने पनि सोच्नुपर्ने बताए । ‘हामी अहिलेको यो तदर्थ पार्टीलाई चाँडोभन्दा चाँडो महाधिवेशन गरेर संस्थागत गरेर निर्वाचित कमिटी निर्माण गरेर विधिसम्मत पार्टीमा रूपान्तरणमा जाँदैछौ’, खनालले भने, ‘सङ्गठनात्मक रूपमा पनि एकताबद्ध रूपमा यो पार्टीलाई विकास गर्नुपर्छ । पार्टीभित्र कुनै पनि विषयमा व्यापक छलफल गरौँ, नडराउ ।’
कम्युनिस्ट पार्टी बहसविना नचल्ने र नबन्ने भन्दै बुद्धको पालामा पनि बहस छलफल हुने गरेको स्मरण गराए । बहस र छलफलबाट पार्टी नभाग्ने भन्दै खनालले कार्यकर्ताहरूलाई किन आकर्षण गर्न सकेनौ भन्ने विवेचना गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह
नयाँ वर्षमा नेता खनालको आह्वान- घमण्ड त्यागौं, कम्युनिस्ट आन्दोलन पुनर्गठन गरौं
विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैनः नेता खनाल
इलाम–२ मा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल
सरकारले सही ढङ्गले काम नगर्दा राजावादीहरू प्रदर्शनमा उत्रिए : झलनाथ खनाल
विमानस्थलमा विद्या भण्डारी र झलनाथ खनालको जम्काभेट