काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने बताएका छन्। मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने र संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने बताएका हुन्।
उनले भने,’अब विश्वविद्यालयहरूमा भागबण्डा हुनेछैन। संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्। अब मेरिटोक्रेसी सुरु हुनेछ। त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु बन्नेछ।’
उनले नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने र युवा जनशक्तिसँगै पुँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा लेखक कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन माग
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
प्रधानमन्त्री ओलीले चैत १८ गते संसदमा सम्बोधन गर्ने
क्यानडाका प्रधानमन्त्रीले भने– अमेरिकासँगको सम्बन्ध सकियो, बदला लिने चेतावनी