काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि सङ्घर्ष गर्ने घोषणा गरेका छन्। आज माओ दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
उनले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रूपहरू पुरानै रहेको बताए।उनले कम्युनिष्टहरु अहिले काँग्रेसीहरूको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए । उनले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे । उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बनेर गएको दाबी गरे।
अध्यक्ष मोहन वैद्यले संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरू असन्तुष्ट रहेको बताए । उनले भने, ‘चक्र झैँ ५/५ वर्षमा घुमेका छन् । हुने केही होइन, गर्ने त्यही हो, सत्तामा ओली जी बस्ने अर्का जीले पूरै विरोध गर्छन्। ‘प्रचण्ड’जी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख
मोहन वैद्यको आईसीयूमा उपचार हुँदै
क्रान्तिकारी कम्युनिस्ट पार्टी बिचको एकता ऐतिहासिक महत्वको छ : मोहन वैद्य
मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मशालबीच एकता घोषणा
प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे : मोहन वैद्य