काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।मूलपानी क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो ।
मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट भएको हो ।गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । उनले ३३ बलमा ६ चौका प्रहार गरेकी हुन् । सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सरस्वती कुमारी चौधरी, कविता गौतम र साक्षी यादवले १/१ विकेट लिइन् ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । मधेशका लागि ओपनर पुजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् ।
सरस्वती कुमारी चौधरीले २६ रन बनाइन् भने प्रतिमा साहले १० रन बनाइन् । मधेशले २२ रन अतिरिक्त पाएको थियो ।गण्डकीको लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट लिइन् । कुसुम गोदारले १ र सृष्टि जैशीले १/१ विकेट लिए ।
चौथो चरणको यो खेलसँगै गण्डकी र मधेशको खातामा १/१ जित सहित समान २ अंक छ । नेट रन रेटका आधारमा गण्डकी छैटौं स्थानमा छ भने मधेश रनरेटका आधारमा सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट : अपराजित पुलिस र आर्मीबिच आज उपाधि भिडन्त
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिममाथि एपीएफको जीत
प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने