एजेन्सी । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार यस क्षेत्रमा ठूलो संख्यामा परिवार बस्ने भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
इजरायली सेनाले आक्रमणको रिपोर्टको अनुसन्धान गरिरहेका छन्। यस हमलामा परी घाइते भएका दर्जनौं मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको छ। सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार राति भएको आक्रमणबाट तीन घर प्रभावित भएका छन्। प्रवक्ताका अनुसार आक्रमणमा एक घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ पुस २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु