पोखरा । नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।
मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।
उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
बाँकेमा पाटे बाघ मृत भेटियो
बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
पासो थाप्ने सिकारी नै बने बाघको सिकार