जनकपुरधाम । सप्तरीको सप्तकोशी नगरपलिका-१ फत्तेपुरस्थित एउटा घरमा आज बिहान बाघ छिरेको छ । बाघ आएपछि गाउँलेहरू त्रसित हुँदै भागाभाग भएका थिए ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने स्थानीयले बताएका छन् ।धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बाघको आक्रमणबाट तीनजना घाइते भएको बताए ।
उनले बाघ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको नेतृत्वमा टोली खटेको बताए । उनले भने, ‘वनको टोली पनि त्यहाँ पुगिसकेको छ । प्रहरी र वनको टोली समन्वय गरी बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
बाँकेमा पाटे बाघ मृत भेटियो
बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा