कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।
वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटेबाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ ।
‘नियन्त्रणमा लिएर संरक्षणमा राखिएको बाघको स्वास्थ्य परीक्षणको कार्य गर्दा स्वस्थ देखिएको छ’, डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले भने, ‘घाउ चोटपटक पनि छैन, बाघ तन्दुरुस्त छ ।’ यथाशीघ्र निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको उनले बताए ।
डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई वटा हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । बस्तीबीचको गहुँ खेतमा पसेको बाघलाई खोज्न ड्रोन क्यामेराको सहायता लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या
बाघको आक्रमणबाट सप्तरीमा ३ जना घाइते, नियन्त्रणको प्रयास जारी
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
बाँकेमा पाटे बाघ मृत भेटियो
बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा