ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन् । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गरे । ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ । त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ’ उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु–राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भएपनि अब तपाईहरुले बुझ्नुपर्दछ । देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्दछ भनेर भन्न सक्नुपर्दछ ।’
उनले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याए । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको बताए ।
उनले भने, ‘देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं । चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं । चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं । वा अन्तराष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरुको कुरा गरौं । एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन सक्दैन ।’
महासचिव पोखरेलले सरकारले अवैधानिक आर्थिक चलखेल गरेकाले बैंकहरुले ब्याजदर बढाउनु परेको जिकिर समेत गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ पुस २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल