काठमाडौँ । आम जनता पार्टी (आजपा)ले अर्थमन्त्री डा प्रकाश शरण महतको राजीनामा माग गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा रहेको आजपाले आफूहरूको माग सुनुवाइ गर्न अर्थमन्त्रीले चासो नदेखिएका चर्को नाराबाजीसहित राजीनामा माग गरेका हुन् ।
आजपाले आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको छ । कानुन संशोधनको माग गर्दै आन्दोलन सुरु भएको झन्डै ४ महिना पुगिसकेको तथा पछिल्लो पटक ६ दिनदेखि भन्सार विभाग घेराउ गर्दासमेत सरकारले मागको सुनुवाइ नगरेको प्रति अध्यक्ष प्रभु साहले आक्रोश पोखे ।
आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए आइतबारदेखि आन्दोलन थप कडा बनाइने आजपाको भनाइ छ । विभागमा आज धर्ना दिन पुगेका आजपाका नेता कार्यकर्ताले अर्थमन्त्रीको राजीनामाको माग सहित चर्को नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा आजपाको आपत्ति
आजपाले बोलायो केन्द्रीय समिति बैठक
आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु
आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण