काठमाडौं। काठमाडौं महानगरपालिकाले क्रिसमसका नाममा विद्यार्थीहरूलाई त्यसम्बन्धी कपडा खरिदका लागि बाध्य नपार्न विद्यालयहरूलाई अनुरोध गरेको छ ।
नजिकिँदो क्रिसमसका अवसरमा विद्यालयहरूले त्यससम्बन्धी पोशाक खरिदका लागि अभिभावकलाई बाध्य पारेको गुनासो आएपछि महानगरले क्रिसमसबारे नाम उल्लेख कारबाहीको चेतावनी समेत दिएको छ ।
'काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ ।
कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानूनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ,' महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।
पछिल्लो समय निजी स्कूलहरूले विभिन्न चाडपर्वमा त्यससम्बन्धी पोशाक खरिद गरेर ल्याउन निर्देशन दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर
शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्यक : सुनिता डंगोल
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना