काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको बताएका छन् । बिहीबार धनुषामा कांग्रेस मधेस प्रदेश सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको छ । कांग्रेसले पनि मधेसलाई साथ दिएको छ ।’ कांग्रेसले मधेसलाई विश्वासमा लिएर जाने प्रयास गरेको बताउँदै महामन्त्री शर्माले कांग्रेसले प्रदेशलाई प्राथमिकता दिएकोबताए ।
‘कांग्रेसले पहिला राष्ट्रपतिका रुपमा मधेसका रामवरण यादवलाई शितल निवास पठायो । कांग्रेस मधेसको पनि कुरा गर्छ । पहाडको पनि कुरा गर्छ । पहाडको पानीले मधेस सिञ्चित गर्नुपर्छ ।’
उनले मधेसको सामाजिक विकृति र विसंगतिविरुद्ध युवा जुरुक्क उठ्नुपर्नेमा समेत जोड दिए । शर्माले मधेसको आत्मासम्मानमा कांग्रेस सतिशाल भएर उभिने समेत बताए । उनले भने, ‘मधेस मुस्कुराउनु पर्छ । मुस्कुराउँदा दागरहित मुहारमा मधेस मुस्कुराउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे: विश्वप्रकाश शर्मा
रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन
रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : महामन्त्री शर्मा