काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उनले बताए । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन हुन सक्ने सापकोटाले विश्वास व्यक्त गरे ।
‘अब बस्ने पदाधिकारी बैठकबाट विशेष निर्णय हुनसक्छ । सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा गम्भीर छलफल गर्छौं’, बैठकबारे जानकारी दिँदै उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ