काठमाडौं। करिब दुई दशकदेखि भारतको केन्द्रीय शासनमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले प्रमुख तीन राज्यको विधानसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेको छ। आइतबार आएको नतिजाअनुसार भाजपाले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको हो । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कंग्रेस विजयी भएको छ ।
भारतमा आगामी वर्ष केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावलाई सेमिफाइनलका रूपमा हेरिएको छ । परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने विश्लेषण हुन थालेको छ ।
हिन्दी भाषी तीन राज्यमा प्रचण्ड बहुमतका साथ चुनाव जितेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ को लोकसभा चुनावमा पनि 'ह्याट्रिक' गर्ने दाबी गरेका छन् । 'बीजेपीले कंग्रेसको पन्जाबाट खोसेर दुई राज्यमा विजय हासिल गरेको छ । मध्य प्रदेशमा दुई दशक गरेको शासनले निरन्तरता पाएको छ,' जितपछि मोदीले भनेका छन्,'यो जितले सन् २०२४ को ह्याट्रिक सुनिश्चित गरेको छ ।
भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन् । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन् ।तीन राज्यमा चुनाव जितेसँगै अब भारतको ५८ प्रतशत इलाकामा भाजपा शासन हुने भएको छ । यसकै आधारमा आगामी लोकसभा चुनावमा पनि भाजपा नै दोहोरिने संकेत गरेको भारतीय सञ्चार माध्यमहरूले गरेका छन् ।
यी राज्यहरूमा लोकसभा सीटको राम्रो संख्या छ । मध्य प्रदेशमा २९ लोकसभा सिट, राजस्थानमा २५ सिट, छत्तीसगढमा ११ सिट, तेलंगानामा १७ सिट र मिजोरममा एउटा मात्र सिट छ । यी राज्यमा आउको नजिताले आगामी चुनावलाई प्रभाव पार्ने आकलन छ । तर, यी राज्यहरूको विधानसभा र लोकसभा चुनावको ढाँचालाई हेर्दा सधैं परिवर्तन भएका पनि छन् ।
मिजोरमको चुनावी नतिजा भने एक दिन पछि सारिएको छ। मिजोरम विधानसभा चुनावको नतिजा आज आउनेछ।
भारतीय सञ्चार माध्यमहरूको सहयोगमा
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा ‘साइडलाइन’ वार्ता गर्दै मोदी र सी
ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगे मोदी
मोदी र ट्रम्पबिच अर्को हप्ता भेटघाट हुने
मोदीले उद्घाटन गरेको शिवाजी महाराजको मूर्ति ८ महिनामै ढल्यो
युक्रेनको राजधानी कीभ पुगे मोदी
भारतीय प्रधानमन्त्री मोदी बुधवार पोल्यान्ड प्रस्थान, त्यसपछि युक्रेन जाने