काठमाडौ । मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानअन्तर्गत डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर हार्दिकता साटासाट गरेका छन्।
डडेलधुरा पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला पनि हो।
डडेलधुरा पुगेका बेला आफूले देउवालाई फोन गरेको ओलीले बताएका छन्। आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको पनि ओलीले बताएका छन्।
'जय नेपाल' भन्दै कुराकानी सुरू गरेका ओलीले आफूहरू गन्यापधुरानजिकै बास बसेको र डडेलधुरा राम्रो रहेको बताएका थिए।
‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी!,’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक