काठमाडौँ । काठमाडौँ महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ ।
महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वीकृत नभएका पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ ।
‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र (अङ्ग्रेजी व्याकरण तथा अङ्ग्रेजी शब्दकोश बाहेक) पठनपाठन गर्ने व्यवस्थाका लागि सबै विद्यालयलाई सूचित गरिन्छ’, महानगर शिक्षा विभाग प्रमुख सिताराम अधिकारीले विद्यालयहरूलाई सूचना पठाउँदै कुनै विद्यालयले यस सूचना विपरीत पाठयक्रम तथा पाठ्यपुस्तक लागू गरेको पाइए शिक्षा ऐन, २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी दिएका छन् ।
शिक्षा ऐन, २०२८ को दफा ८ तथा शिक्षा नियमावली, २०५९ को नियम ३१ बमोजिम विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने र सोही ऐनको दफा १२ को उपदफा (७) को खण्ड (ङ) मा संस्थागत विद्यालयले नेपाल सरकारले लागू गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था छ । अन्य सहयोगी पाठ्यपुस्तकहरू पढाउन आवश्यक देखिएमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को स्वीकृति लिनुपर्ने प्रावधान रहेको समेत महानगरले स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी