काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक दलका लागि दरखास्त आह्वान गरिएको छ । निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सात दिने सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
आयोगमा तीन वटा निर्देशनालय र एक बोर्ड रहने कानुनी व्यवस्था छ । उक्त निर्देशनालयको प्रमुखको रूपमा रहने निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । आयोगमा चिकित्सा शिक्षा आयोगको मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् ।
इच्छुक नेपाली नागरिकहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्न सकिनेछ । त्यसका ति निर्देशनालय तथा बोर्डको कामसँग सम्बन्धित दक्षता भएको ब्यहोरा खुल्ने प्रमाण पेस गर्नुपर्नेछ ।
त्यस्तै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशित विषय क्षेत्रसँग सम्बन्धित बढीमा १० वटा खोज अनुसन्धानमूलक लेख, रचना तथा प्रकाशनहरूको वेबसाइट लिंक वा प्रकाशित प्रति, सम्बद्ध क्षेत्रसँग सम्बन्धित तालिम दिएको वा लिएको प्रमाणको प्रतिलिपि समेत पेस गर्नुपर्ने सिफारिस समितिले जनाएको छ ।
प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा नियुक्त भएको नियुक्ति पत्र तथा सो पदमा सेवा गरेको वर्ष, महिना र दिन खुलेको विवरण तथा प्रमाण समेत पेस गर्नुपर्नेछ ।
आवेदकले चिकित्सा शिक्षा सम्बन्धी कुनैपनि शिक्षण संस्थाको सञ्चालक समितिमा नरहेको, लगानीकर्ता वा सेयरहोल्डर नभएइको, चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थको टकराब नभएको तथा स्वच्छ छवि भएको ब्यहोरा खुलेको स्वघोषणा गरेको हुनुपर्नेछ ।चार वर्षे कार्यकाल रहने उक्त पदमा रहँदा गर्ने कार्यको व्यावसायिक कार्य योजना समेत पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रियाः अन्तरवार्तामा बोलाइयो
दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक