काठमाडौं । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकलाई पनि सरकारी शिक्षण संस्थाका आवासीय चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउन निजी मेडिकल कलेजलाई निर्देशन दिएको छ ।
आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको थियो ।
तर कतिपयले अझै कार्यान्वयनमा ल्याएका छैनन् । निर्णय भएको दुई महिना बितिसक्दा पनि कार्यावन्यन नभएको भन्दै आवासीय चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकको घेराउ, कार्यदल खारेज गर्न माग
मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन चिकित्सा शिक्षा आयोगमा प्रस्ताव
आवासीय चिकित्सकले गरे चिकित्सा शिक्षा आयोग घेराउ
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रियाः अन्तरवार्तामा बोलाइयो