सुन्दरहरैँचा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताएका छन् । उनले काँग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको बताए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति मोरङको जिल्ला सम्मेलनको तयारी तथा उद्देश्यबारे सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको मोरङ जिल्ला सभापतिसमेत रहेका मन्त्री लिम्बूले पार्टी मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे । “पार्टी र निर्वाचित जनप्रतिनिधिबीचको सुमधुर सम्बन्धको उचित विकासले मात्र समाजलाई अघि बढाउन सक्छ”, उनले भने ।
मन्त्री लिम्बूले फरक प्रसङ्गमा युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गरी सरकारले स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर गरिब बेरोजगार युवालाई देशमै बाँच्न सक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको उल्लेख गरे ।
काँग्रेस जिल्ला सचिव ललितबहादुर श्रेष्ठले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको साथै जिल्लाभरका तीन हजार पाँच सय बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए । सम्मेलनको काँग्रेस नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई