एजेन्सी। संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ। राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ। विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्। भिडियोमा एउटा कोठामा करिब एक दर्जन शव भुइँमा धुलोले ढाकिएको देखिन्छ। त्यस्तै डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सिएनएनका अनुसार भवनको छाना (धातुको) च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ।
राष्ट्रसङ्घको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको सङ्ख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए। उनले घटना के कारणले भएको हो वा यसको जिम्मेबार को हो भन्नेबारे पुष्टि गर्न सकेनन्।
युएनआरडब्लुएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ। जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो। उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०३ मंसिर २०८०, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु