काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।
हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो । प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ । एक मत बदर भएको छ । विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन् । एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भएपनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए ।
एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने विधानको व्यवस्था छ । गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ