हेटौँडा । व्यापक प्रहरी परिचालनबिच अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा हेटौँडामा सुरु हुँदै छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको साधरणसभामा व्यापक प्रहरी परिचालन गरिएको छ । मकवानपुरले आतिथ्य गर्ने साधरणसभालाई भव्य र शान्त बनाउने उद्देश्यले आफूहरू सबै समयन्त्रसँग समन्वयमा रहेको एन्फा सदस्य एव मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताए ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल २१० प्रतिनिधि रहेकोमा साधारणसभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे