पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी एविसी गएका हुन् ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत केहीबेर अघि उनी एविसी अवतरण गरेका हुन् । उनी पौने घण्टा एविसीमै रहनेछन् । उनको स्वागतका लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको छ भने स्थानीय झाँकी सहित स्वागत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णु केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।
त्यहाँ पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छन् भने वडाध्यक्ष गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए । गुटेरेस ८ बजे पोखरा आइपुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता