काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाटै छिटै पारित गर्ने बताएका छन्। सभापति देउवाले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनीयो गुट्रेससँगको भेटमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। महासचिव गुट्रेस नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट छिटै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए।
त्यसैगरी सभापति देउवाले महासचिव गुट्रेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका थिए। महासचिव गुतेरसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएको पनि कानुनमन्त्री गुरुङ खुलासा गरे।
देउवासँगको भेटमा महासचिव गुतेरसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बङ्गलादेशलगायतका छिमेकी देशहरू समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरूले पूरा साथ रहने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक