एजेन्सी । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ।
बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ।
मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ। उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ।
तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन्।
विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ कार्तिक २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ