काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक भ्रम छर्ने काम भइरहेको दाबी गरेका छन् । अध्यक्ष ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रम फैलाइएपछि महासचिव पोखरेलको यस्तो दाबी आएको हो ।
ओलीविरुद्ध राजावादीहरुले भ्रम फैलाएको उनले बताएका छन् । 'पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ,' उनले फेसबुकमा लेखेका छन् ।
वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु रहेको उनले बताएका छन् । 'वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो,' उनले भनेका छन्, 'नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षड्यन्त्रविरुद्ध गम्भीर बनौं।'
मेडिकल व्यवसायी दुर्गा प्रसाइँले ओलीलेको कम्बोडियाको टेलिकममा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसैलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ कार्तिक २०८०, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल