काठमाडौँ । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।
पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको रहेको छ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।
शव लिनका लागि आइतबार बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने कार्यतालिका छ। शवहरू भोलि नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।
यस्तो छ शव आउने तालिका
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, २१ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
इजरायल र हमासबीच युद्ध विरामको संकेत
वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदै