काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले समृद्ध र समुन्नत नेपालको चाहनालाई सार्थक बनाउनुपर्ने बताएका छन् ।बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै कोइरालाले आपसी एकता र सहिष्णुता कायम गर्दै समुन्नत नेपाल सार्थक बनाउनुपर्ने नेपालीकाे चाहनालाई पूरा गर्नुपर्ने बताएका हुन् ।
‘नागरिकको अपेक्षा अनुसार तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउनुपर्छ’ शुभकामना सन्देशमा कोइरालाले भनेका छन्, ‘यी महान् पर्वहरूले आशीर्वाद दिने विश्वास लिँदै सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु ।’
नागरिकका अपेक्षालाई पूरा गर्न सक्दामात्रै न्याय हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ : शशांक कोइराला
कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ : डा. शशांक कोइराला
हामीले धर्म निरपेक्ष बनाएर गलत गर्यौँ : डा. शशांक कोइराला