काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनलाई मार्न ह्वाइट हाउसमा ट्रक आक्रमण गर्ने भारतीय नागरिकलाई ८ वर्ष जेल सजाय
कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता
अवैध सुनसहित भारतीय नागरिक पक्राउ
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ