धनगढी । कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको बताए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनलाई मार्न ह्वाइट हाउसमा ट्रक आक्रमण गर्ने भारतीय नागरिकलाई ८ वर्ष जेल सजाय
अवैध सुनसहित भारतीय नागरिक पक्राउ
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ