प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १९ : २३
प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मङ्गलवार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस