काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका निम्ति भारत लगिएको छ ।
उनलाई मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको मनाङ एयरका सेफ्टी मेनेजर राजु न्यौपानेले जानकारी दिए ।
शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा ९एन–एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।
परिवारसित सरसल्लाहपश्चात् उनलाई भारत पठाइएको ह्याम्स अस्पतालले जनाएको छ । श्री एयरलाइन्सको विमानमार्फत शनिबार राति उनलाई भारत लगिएको सेफ्टी मेनेजर न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनाग्रस्त विमानका पाइलटको उपचार हुँदै, अवस्था 'खतरामुक्त'
पाइलट अभावले उडान प्रभावित हुन थाल्यो
उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…