काठमाडौ । नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
हिजो मंगलबारको अन्तिम कारोबार मूल्य ३२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । मूल्य समायोजन पश्चात भाउ २९७ रुपैयाँ २७ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आज बुधबार यसको कारोबार खुला हुनेछ ।
यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरी कुल १०.५२६३% लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने