आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, १० : ३८
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुटवल । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु हुँदैछ ।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिवल लुम्बिनीमा आयोजना गरिएको हो ।

वैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ ।

नेपाल र चीनबीचको कला संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस