नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, ०८ : ३६
नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संक्षिप्त सूचीमा ५ जना परेका छन् ।

सीईओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन् ।

संक्षिप्त सूचीमा झापाका चूडामणि चापागाईँ, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका छन् ।

छनोट सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि चैत ६ गते  अर्थ मन्त्रालयमा उपस्थित भई अन्तर्वार्तामा सहभागिता जनाउन अनुरोध गरिएको छ। 

उनीहरूले आफ्नो नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभव पुष्टि गर्ने आवश्यक कागजातहरूसमेत पेस गर्नुपर्ने छनोट समितिको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस