नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०८१, ०८ : ३८
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

काठमाडौ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि सोमबार दरखास्त आह्वान गरेको छ । 

सूचनाअनुसार इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

आइतबारमात्रै उक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको थियो । 
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्।

प्रतिक्रिया दिनुहोस