वाग्मती । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ ।
ठिंगन–बगुवा सडकखण्डअन्तर्गत गंगटेनजिकैको भर्याङडाँडामा सडक स्तरोन्नति गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए ।
सडक बन्द हुने भएकाले हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजबाट कान्ति लोकपथ सञ्चालनमा
आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा
कान्तिलोकपथ दैनिक ३ घण्टा खुल्ने, २ सिफ्टमा हुँदैछ काम