जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, ११ : १६
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आगामी बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ । घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य,भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।

घोषणाको अघिल्लो दिन मंगलबार बेलुका ६ बजे जनमतले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस