लमजुङ । लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन्। चक्कु प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा शनिबार अपरान्ह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गएको असोज १० गते आफनै छोरा २८ वर्षीय सुजन विकले चक्कु प्रहार गर्दा बाबु घाइते भएका थिए।
स्थानीयका अनुसार दारी काट्ने मेशिन माग्दा नदिएपछि सुजनले बाबुलाई पाखुरामा हिर्काएका थिए। त्यसपछि बाबुले गाली गरेको र छोराले चक्कु ल्याएर प्रहार गर्दा बाबु गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताए।
घटनामा संलग्न सुजनलाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते
चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या
पक्राउ गर्ने क्रममा प्रहरीमाथि चक्कु प्रहार