काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन्।
शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन्। यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय