काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बुधबार ललितपुरमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न नसक्ने भन्दै संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘ऐनलाई सच्याउनुपर्ने छ । २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न सक्दैनौँ । हामी सबै पर्यटन ऐन र संस्कृति ऐन संशोधन गर्नका लागि समिति बनाइसकेका छौं ।’
उनले कोभिड महामारीका कारण सङ्कटमा धकेलिएको व्यवसाय ९२ प्रतिशतले सुधार भएर लयमा फर्किरहेको बताए । उनले भने, ‘कोभिडका कारण हाम्रो मात्र नभएर संसारभरिकै पर्यटन व्यवसाय सङ्कटमा धकेलियो अहिले लयमा फर्किएको छ, आज हामी ९२ प्रतिशतले रिकभर भएका छौं ।’
मन्त्री किरातीले यो वर्षको अन्तिमसम्म पुग्दा लयमा फर्किसक्ने दाबी गर्दै अर्को वर्षदेखि हाम्रो लक्ष्य र योजनाअनुसार अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई