विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।
त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीमा बन्यो दुई दलीय संयन्त्र, १४ वटै जिल्लामा विस्तार गर्ने
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
कोशी प्रदेश सभाको बैठक बस्दै