काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काङ्ग्रेसको कोशी प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका १४ वटै जिल्लामा २ दलीय संयन्त्र विस्तार गर्ने भएको छ ।
विराटनगरमा बसेको संयन्त्रको बैठकले एक साता भित्रमा सबै जिल्लामा संयन्त्र गठन गरिसक्ने निर्णय भएको हो । संयन्त्रको नेतृत्व पालैपालो गर्ने नेताहरुले जनाएका छन् ।
बैठकपछि मंगलबार जारी विज्ञप्तिमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने उल्लेख छ ।
जिल्ला तहमा बन्ने संयन्त्रले स्थानीय तहका जनप्रतिनिधीहरुसँग दलका नेताहरूले समन्वय गर्ने र आगामी मंसिर १४ गते संयन्त्र र कोशीका मन्त्रीहरुसँग छलफल गर्ने पनि दुई दलले जनाएका छन् । दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने निर्णय भएको नेपाली काङ्ग्रेस प्रदेश अध्यक्ष उद्धव थापाले बताए ।
कोशी प्रदेशस्तरीय संयन्त्रमा एमाले र कांग्रेसका तीन तीन जना जिल्ला तहका नेताहरू रहेका छन् । जसमा एमालेका तर्फबाट पुर्वमन्त्री शेरधन राई, हालका मुख्यमन्त्री हिक्मत कार्की र नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा छन् । काँग्रेसका तर्फबाट पुर्वमन्त्री उद्दव थापा, काँग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राई र उमेश थापा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
कोशी प्रदेश सभाको बैठक बस्दै
कोशीमा मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता
कोशीमा सरकार पुनर्गठनको तयारी