काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तन नभएर बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्नेमा केन्द्रित भएको बताएका छन् ।
सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले संकटपूर्ण अवस्थामा देशको नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आवाजहरु सुनिएपनि एमालेको ध्यान सरकार परिवर्तन भन्दा पनि एमालेलाई बलियो शक्ति बनाउनतर्फ केन्द्रित भएको बताएका हुन् ।
उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो संकटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरू कसैले नसक्ने दाबी गरे । उनले निर्वाचन लगत्तै मिसन ग्रासरुट चलाएर जनताका आकांक्षा बुझ्ने काम गरेको भन्दै एमालेले चलाएको मिसन २०८४ बाट नेपालको भाग्य र भविस्य निर्माण गर्ने समेत बताए । उनले नेपाली समाजका मौलिक संस्कृतिमाथि प्रहार गर्ने, जातीजातीलाई विभाजित गर्ने दुष्प्रयास गरेको भन्दै यस्तो अवस्थामा राष्ट्रिय हितलाई अघि बढाउने पार्टी नेकपा एमालेमात्र रहेको दाबी गरे ।
‘यो मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न सक्ने तागत कुनै पार्टीमा छ भने त्यो एमालेमा मात्र छ भन्ने कुराको सच्चाइलाई बुझ्न जरुरी छ’, महासचिव पोखरेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान फर्किनुमा दाता नै जिम्मेवार : महासचिव पोखरेल
अध्यादेश रोकिनेवाला छैन, पास गर्ने अनेक विकल्प छन् : महासचिव पोखरेल
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
अहिलेको सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल
ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ : शंकर पोखरेल
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल