कास्की । पोखरा महानगरपालिकाले विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न शिक्षक महासंघलाई आग्रह गरेको छ ।संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि महानगरपालिकाले यस्तो आग्रह गरेको हो ।
शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकास लगायतका सवालमा राखेका कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेपनि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरू समेत अवरुद्ध हुनेगरि आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा बिद्यार्थीहरुको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकार भने हनन हुन पुगेको मेयर धनराज आचार्यले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सवैमा महानगरपालिका निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान
बाँदर नियन्त्रण गर्न रुख काट्ने वडाको अभियानमा महानगरको रोक