तरुण दलका कार्यकर्ताले जलाए गृहमन्त्रीको पुत्ला

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, २१ : ४१
तरुण दलका कार्यकर्ताले जलाए गृहमन्त्रीको पुत्ला

काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला जलाएका छन् । उनीहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै पुत्ला जलाएका हुन् । 

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि-चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् । 

मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस