बुटवल। लुम्बिनी प्रदेशसभाको बिहीवार बसेको २४ औं बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को प्रतिवेदन पेश भएको छ ।प्रदेश मामिला तथा कानून समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गरेका हुन् ।
यसअघि विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाइएको थियो । समितिले उपसमिति गठन गरेर राय सुझावसमेत संकलन गरेको थियो ।सुझावको आधारमा तयार पारिएको प्रतिवेदन सभामा पेश गरिएको हो ।
सभामा प्रतिवेदन पेश भएको २४ घण्टापछि बस्ने अर्काे बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरूको नाम हेरफेरसम्बन्धी जानकारी दिइएको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुख तुलाराम घर्तीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
लुम्बिनी प्रदेशसभा बैठक स्थगित