लुम्बिनी प्रदेशसभा बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १४ : ३९
लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्‌मा विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।

संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी दिएका थिए। उनले सरकारले ल्याएको बजेट पक्षपाती भएको आरोप लगाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै चौधरीले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्वीकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्‍याएको दाबी गरेका थिए ।  कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

लुम्बिनी प्रदेशमा हिजोबाट बजेटमाथि छलफल  सुरु भएको  थियो । हिजो अधिकांश सांसदहरूले बजेट मन्त्रीमुखी भएको  आरोप लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस