लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, १० : ४९
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुटवल। लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २९ औं बैठक बुधबार बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्ने कार्यसूची छ ।

अघिल्लो बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनः छलफलका लागि कानून समितिमा पठाइएको थियो । समितिको बैठकले केही थप्नुपर्ने विषयहरूलाई समावेश गरेर पुनः प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

 

 

 

 

 

यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने समेत कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस